राजपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

२२ आश्विन २०७५, सोमबार ०९:४७

 

काठमाडौं–सरकारबाट समर्थन फिर्ता लिने चेतावनीसहित राष्ट्रिय जनता पार्टी राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

 

 

सोमबार राजपाले तराई मधेशका प्रत्येक जिल्लाका सिडियोमार्फत तथा केन्द्रबाट समेत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

 

कैलाली १ बाट निर्वाचित राजपा नेपालका सांसद रेशम चौधरीलाई शपथग्रहण नगराएको, आन्दोलनका क्रममा विभिन्न मुद्दा लगाएर फसाइएको तथा हालसम्म मुद्दा फिर्ता नलिएको, आन्दोलनका क्रममा

थुनामा परेकालाई रिहाई नगरिएको, स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका राममनोहर यादवको हत्या गरिएकोजस्ता आरोप र गुनासा राजपा नेपालले सरकारसामु गरेको छ ।

कुटनीतिक सम्बन्ध सुधार हुन नसकेको, महँगी तथा कालोबजारी नियन्त्रण हुन नसकेको, निर्मला पन्तलगायत बालबालिका र महिलाको बलात्कार भएको तर बलात्कारी कानूनी दायरामा आउन नसकेको, सिण्डिकेटको अन्त्य गर्न नसकेको जस्ता विषय पनि राजपाले ओलीलाई बुझाउन लागेको ज्ञापनपत्रमा समेटिएको छ।

यस्तै संविधान प्रदत्त प्रदेश सरकारको अधिकारको सूची बमोजिमको काम, कर्तव्य र अधिकारका साथ–साथै केन्द्र र प्रदेशको साझा अधिकारको सूची मध्ये प्रदेश सरकारले कार्यान्वयन गर्ने अधिकारको सुची निर्धारण र प्रदेश सरकारले काम गर्न सक्ने आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग नभएको गुनासो ज्ञापनपत्रमा गरिएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा नारामा मात्र सीमित रहन गएको उल्लेख गर्दै मधेशी, थारु, दलित, जनजाति लगायत सीमान्तकृत वर्ग र सामुदायलाई विगतमा उनीहरुले प्रयोग गर्दै आएको संवैधानिक अधिकारहरु समेत कटौती गर्ने काम गरिएको राजपा नेपालको आरोप छ ।
इएका मुद्दा फिर्ता र बन्दीहरुको रिहाइ गरी पार्टीले उठाउँदै आएको संविधान संशोधनको विषयमा सरकार गम्भीर नभए समर्थक फिर्ता लिन राजपा बाध्य हुने चेतावनी दिइएको छ ।

यस्तो अवस्थामा राजपा नेपालले सरकारलाई दिएको समर्थनको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको उल्लेख छ ।

ज्ञापनपत्रमार्फत रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथि लगा