रणवीर र दीपिकाको विवाह,

२९ कार्तिक २०७५, बिहीबार १२:०६

विवाहका कारण लामो समयदेखि चर्चामा रहँदै आएका बलिउडका चर्चित जोडी रणवीर सिंह दीपिका पादुकोणले नोभेम्बर १४ मा विवाह गरेका छन् ।

इटलीको लेक कोमोस्थित भिला डेल बालबीएनलोमा उनीहरुको विवाह सम्पन्न भएको छ ।दीपिका रणवीरको विवाह पश्चिम भारतीय पारम्पारिक कोंकणी रितिरिवाजमा सम्पन्न भएको हो । यस विवाहमा सात फेरा नभई चारवटा फेरा मात्रै लिएर विवाह गरिन्छ । कोंकणी रितिरिवाज पश्चात् आज नोभेम्बर १५ मा दीपिका रणवीरले सिन्धी रितिरिवाजमा फेरि विवाह गर्नेछन् ।

 

 

दीपिका रणवीरको विवाहको एउटा पनि आधिकारीक तस्बिर सार्वजनिक गरिएको छैन । सामाजिक संजालहरुमा विवाहका भइरहेको स्थान लेक कोमोको भिला डेल बालबीएनलोका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जुन तस्बिरहरु यतिबेला भाइरल भइरहेका छन् ।

लेक कोमो दीपिकाको निकै मनपर्ने ठाउँ हो । यही कारण उनले स्वीजरल्याण्ड जस्तो सुन्दर देशको अफर पनि अस्विकार गरिदिएकी थिइन् । स्वीजरल्याण्डलेसमेत रणवीर दीपिकालाई आफ्नो देशमा आएर विवाह गर्न अफर दिएको थियो ।

दीपिका रणवीरको विवाहका लागि यो भिला ५ दिनका लागि बुक गरिएको छ । जसलाई लिलि र गुलाबका फूलहरुले निकै सुन्दर तरिकाले सजाइएको छ । भिलाको सजावट र सुरक्षको लागि लाखौं रुपैयाँ खर्च गरिएको छ ।