युट्युब हेरेर बच्चा जन्माउने हुँदा आमाको मृत्यु, पतिविरुद्ध मुद्दा नचलाइने

१० श्रावण २०७५, बिहीबार १६:२३

साउन १०, काठमाडौं । एजेन्सी

भारतका तमिलनाडुस्थित तिरपुरमा युट्युब हेरेर बच्चा जन्माउने २८ वर्षीया महिला ३.३ किलोग्रामको स्वस्थ शिशु जन्माएर मरेकी छन् ।

महिलाका पतिले आफ्ना दुई साथीसँग मिलेर यो डेलिभरी गराएका थिए र उनीहरू कोही पनि बच्चाको जन्म गराउन योग्य थिएनन् ।

क्रिथिगा नामक महिला एक निजी विद्यालयकी शिक्षिका थिइन् र उनका पति कार्तिकेयन कपडा कम्पनीमा काम गर्थे । उनीहरूको तीन वर्षीया एक छोरी पनि थिइन् ।

क्रिथिगाका पिता राजेन्द्रनले भने, ‘छोरीले पहिलो बच्चा अस्पतालमै जन्माएकी हुन् तर दोस्रो बच्चा चाहिँ घरैमा जन्माउन चाहन्थिन् ।’

क्रिथिगाकी साथी लावण्याले हालै घरैमा बच्चा जन्माएकाले उनलाई पनि प्रेरणा जाग्यो । प्रहरीले महिला आफ्नै मर्जीले बच्चा जन्माउन तयार भएकाले कसैका विरुद्ध मुद्दा नचलाइने बतायो ।