यी ५ उपाय अपनाउनुहोस् वैवाहिक जीवनलाई उत्कृष्ट बनाउन

१५ माघ २०७६, बुधबार १०:१९

एजेन्सी—विवाहलाई सबैभन्दा पवित्र र विश्वासमा आधारित सम्बन्ध मानिन्छ । तर पनि यो सम्बन्धलाई सधैभर सुमधुर बनाइराख्न गाह्रो पर्छ । कतिपय सामान्य कारणले पनि पवित्र भनिने वैवाहिक सम्बन्धमा दरार आउँछ । जसको पछिल्लो उदाहरणको हो सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै जानु ।

आजभोलि सम्बन्ध बिच्छेदका घटनाहरु धेरै बढ्न थालेका छन् । सात जन्मसम्म सँगै रहने भनेर कसम खाएका जोडीहरु पनि एउटा अवस्थामा आएर सम्बन्ध बिच्छेद गर्छन् । तर केही यस्ता उपायहरु छन् जसले दुईजनाबीचको सम्बन्धलाई मजबुत बनाइरहन सहयोग गछनर्् ।

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपायहरु यहाँ उल्लेख गरिएको छ,

१) सम्बन्धमा सम्मानको महत्व प्रेम प्रकट गर्दा हामी बढी नै देखाएर गर्छौं । साँचो कुरा प्रेम सँगै विश्वास पनि हो । सम्बन्धमा एक–अर्काप्रतिको विश्वासको ठूलो महत्व हुन्छ । सम्बन्ध दरिलो बनाउन एक अर्काको निर्णय तथा सही बिचारको सम्मान गर्नुपर्दछ ।

२) आफन्तसँगको सुमधुर सम्बन्ध प्रत्येक नातेदारसँग आफ्नो सम्बन्ध उत्तिकै राम्रो हुनुपर्छ भन्न सजिलो छ, तर सबै आफन्त र उनीहरुको स्वभाव चिनेर खुसी पारिराख्नु त्यति सजिलो भने छैन ।तर तपाईले आफ्नो तर्फबाट प्रयास भने गर्न छोड्नुहुँदेन । आफ्नो मान्छेसँग कुराकानी गर्दा कहिल्यै पनि झिँझो नमान्नुहोस् । भित्र मन नपरेपनि उनका कुरा शान्तसँग सुनिदिनुहोस् । मनमुटाव हुने स्थिति आए पहिल्यै सुल्झाउने प्रयास गर्नुहोस् ।

३) पैसाको बारेमा प्रष्ट हुनुस् । विवाहपछि आर्थिक रुपमा स्वतन्त्र हुन कठिनाई हुनसक्छ । तर बिहेपछि पैसाको बारेमा एक अर्कालाई जानकारी हुन जरुरी हुन्छ । यसो हुदाँ श्रीमान्–श्रीमती दुवैले आर्थिक मामिलामा एक अर्कालाई शंका गर्ने ठाउँ रहँदैन । आफूले लगानी गरेको, सापटी दिएको, सहयोग लिएको जस्ता कुरा एकअर्कामा जानकारी हुँदा त्यसले सम्बन्धलाई सुधार गर्न मद्धत पुग्छ ।

४) सम्झौता गर्नु कमजोरी होइन । सम्बन्धमा कहिलेकाँही साना तिना कुराले पनि दिक्क पार्ने गर्छ । तर यस्ता कुरालाई ठूलो नबनाएर सम्झौता गर्नु राम्रो हुन्छ । सम्झौताले सम्बन्धलाई तन्काउने काम गर्छ । कसले भनेको कुरा ठूलो र कसले भनेको कुरा सानो भन्ने जस्ता कुरामा अल्झनु हुदैन ।

५) मायामा कमि हुन नदिनुहोस् । विहे भएको जतिसुकै वर्ष बितोस्, एक अर्काको प्रेममा कमी हुन नदिनुहोस् । एकअर्काको प्रसंशा गरिरहनुहोस् । जसले सम्बन्धलाई निरन्तर रुपमा सुमधुर बनाइरहन मद्दत पुग्छ । हप्तामा एकचोटीसंगै फिल्म हेर्न जानुहोस्, छोराछोरी, आफन्तसँग रमाउने गर्नुहोस् । यस्तो गर्नाले सम्बन्धमा उचाई थपिदै जान्छ ।