यस्ता रहेछन् फर्सीका फाइदाहरु

१३ आश्विन २०७७, मंगलवार १७:०७

फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी नै हुन्छ ।

फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसले कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा समेत काम गर्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फर्सिले काम गर्छ । त्यस्तै पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

फर्सीको कैडाभित्र बियाँ र गुदी हुन्छ । बियाँको अचार स्वादिष्ट हुन्छ । फर्सीको बियाँले शरीरमा भएको पत्थरी निकाल्न सघाउँछ । साथै यसले ओठ फुटेको, चिरिएको तथा सुख्खापनलाई निको बनाउँछ ।

पहेँलो फर्सी खानाले शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले मोटाउने रहर गर्नेका लागि फाइदाजनक हुन्छ ।