म्याराथन दौड समारोहमा महिलाले चलाइन् गोली

२१ जेष्ठ २०७५, सोमबार ०८:४६

जेठ २१, काठमाडौं । एजेन्सी

अमेरिकामा गोलीकाण्डका घटनाहरू प्रायः देख्न पाइन्छ । ती घटनामा धेरैको ज्यान गइसकेको छ ।

आइतवार क्यालिफोर्निया राज्यको सान डिएगोमा आयोजित वार्षिक म्याराथन दौड समारोह चल्दै गर्दा एक संदिग्ध महिलाले गोली चलाउन शुरू गरिन् । यसले गर्दा भागाभाग मच्चियो ।

 

उक्त दौडमा ४९ सयजना मानिसले भाग लिएका थिए ।

 

त्यसपछि प्रहरीले महिला शूटरलाई पक्राउ ग–यो ।

 

सान डिएगो प्रहरीले ट्वीट गरेर कसैलाई खतरा नभएको बतायो । शूटरलाई पक्राउ गरेपछि म्याराथन दौड फेरि शुरू भयो ।