मौसम खराबीका कारण ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

३१ भाद्र २०७६, मंगलवार १०:५५

काठमाडौँ , लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।

पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन भने सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १, १ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन्।

प्रहरीका अनुसार मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण गरिएको थियो।