मोहनविक्रम सिंह पाँचौपटक महामन्त्री निर्वाचित

२४ जेष्ठ २०७६, शुक्रबार ११:३१

काठमाडौं , नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिनु भएको छ ।
मसालको आज सम्पन्न ८ औं महाधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिनु भएको हो ।

महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ ।

केन्द्रीय समितिमा ९ जना वैकल्पिक केन्द्रीय समेत चयन भएका छन् भने ९ सदस्यीय सल्लाहकार समिति समेत निर्माण भएको छ ।