‘मिस्टर इन्टरनेशनल’मा नेपालनेपालले पहिलो पटक सहभागीता जनाउने, साजिदले प्रतिनिधित्व गर्ने

२५ फाल्गुन २०७४, शुक्रबार ११:१६

फागुन २५, काठमाडौं ।

पुरुषहरुको सौन्दर्य प्रतियोगतिा ‘मिस्टर इन्टरनेशनल’मा नेपालले पहिलो पटक सहभागीता जनाउने भएको छ ।

विराटनगरका साजिद अलामले म्यानमारको नेसनल थिएटरमा आयोजना हुने यो प्रतियोगीतामा सहभागीता जनाउन लागेका हुन् । उनी, ‘मिस्टर इन्टरनेशनल नेपाल-२०१८’का विजेता हुन् ।

 

यस्तै, उनले ‘म्यानहन्ट नेपाल-२०१८’मा सेकेन्ड रनरअपको उपाधि जितेका थिए । ‘म्यानहन्ट इन्टरनेसनल’को १२ औं श्रृङ्खला आयोजना हुँदै गर्दा नेपालले भने पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

साजिद भन्छन्-‘यस्ता अन्तरराष्ट्रिय प्याजेन्टमा सहभागीता जनाउन पाउनु ठूलो अवसर हो । यसको फ्रेन्चाइजलाई नेपालमा ल्याउनु मेरा लागि चुनौती र गर्व दुबैको बिषय हो ।’

अपिं्रल ३० मा हुने फाइनलमा ३० प्रतिस्पर्धी हुनेछन् ।