माटोका लागि लड्‍नेहरुको कथा फातसुङ सार्वजनिक

२३ चैत्र २०७५, शनिबार ११:५४

काठमाडौं , नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास ुफातसुङु सार्वजनिक भएको छ । फातसुङ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ माटोको कथा ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुस्तक लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरेका हुन् ।

भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा एकेडेमी पुरस्कार प्राप्त गरेका छन् ।उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ३०० रुपैयाँ रहेको छ ।