माघे सक्रान्तिमा खिचडी खानुहोस्, हुन्छन् यस्ता फाइदा

२३ पुष २०७६, बुधबार ११:५३

काठमाडौं , नेपाली समुदायले माघे संक्रान्तिमा खिचडी खाने गर्छन् । खिचडी दाल र चामललाई एकैसाथ मिलाएर बनाइने परिकार हो । नेपाली समाजमा खिचडीलाई लोकप्रिय भोजनको रुपमा लिइन्छ । तपाइहरुलाई थाहा नै होला, माघे संक्रान्तिमा मात्र नभई बिरामी हुँदा पनि डक्टरले खिचडी खान नै सुझाव दिएका हुन्छन् ।

खिचडी खानाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । पकाउन पनि सजिलो र खाँदा मिठो पनि हुँने खिचडीका केहि फाइदाहरु छन् । खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम जस्ता तत्वहरु पाइन्छ ।

पोषक तत्वले भरिपुर्ण खिचडी पचाउन पनि सजिलो हुन्छ । यसको सेबनले पाचनतन्त्र बलियो बनाउछ । यसको सेबनले शरीरलाई उर्जा प्रदान गर्छ । रोगप्रतिरोधी क्षमता पनि मजबुद बनाउछ । खिचडी खानु पित्त तथा कफको समस्या भएकालाई राम्रो मानिन्छ । क्यानडा नेपालबाट