महिला हिंसा सम्बन्धीः कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१६ फाल्गुन २०७५, बिहीबार १७:२६

ललितपुर, ललितपुर मानपा वडा ५ को सहयोग र दक्षिणकाली महिला समुहको आयोजनामा एक दिने महिला हिंसा सम्बन्धी कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विश्व नारी दिवशको पुर्ब सन्ध्यामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा करिब १५० महिलाहरुको सहभागिता रहेको थियो । जसमा वडा स्थित महिला समुहमा आबद्ध महिला दिदी बहिनीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रम उदघाटन संघिय सांसद पम्फा भुसालले गर्नु भएको थियो
कार्यक्रमको उदघाटन गदै सांसद भुसालले अधिकार मागेर मात्रै प्राप्त नहुने बताउदै महिलाहरुले आफ्नो अधिकार सुनिश्चित गर्न निर्भिक ढंगले प्रस्तुत हुने साहस राख्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने क्रममा वडा सदस्य समेत रहेकी दक्षिणकाली महिला समुहका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले महिला हिँसालाई कम गर्न महिलाहरुको आर्थिक शसक्तिकरणका कार्यक्रमको खाचो तड्कारो आवश्यकताको रुपमा रहदै आएको र यसका लागि वडा स्तरमा कामहरु हुँदै आएको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै वडा सदस्यद्वय पुनम निरौला र मैया रिजालले महिला हिँसा कम गर्न सम्पूर्ण महिलाहरु सचेत हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
वडाअध्यक्ष विकासमान श्रेष्ठले महिला हिंसाको कानुनी उपचार बारेमा वडाबासी महिलाहरुले जानकारी हासिल गर्न सकुन भन्ने उदेश्यका साथ कानुनी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो ।