मधेसवादी दलको संविधान संशोधन नाटक मात्रः रिजाल

२० जेष्ठ २०७७, मंगलवार ०९:५९

काठमाडौं , सत्तारुढ दल नेकपाका युवा नेता राम प्रसाद रिजालले मधेसवादी दल राजपा र समाजवादीको संविधान संशोधन नाटक मात्र रहेको बताउनु भएको छ । आयो खवर डटकम संग कुरा गदै उहाँले संविधान संशोधन चुनाव जित्ने र सरकारमा जाने हत्तियार मात्र भएको बताउनु भएको हो । लगभग मधेसबाट ७५ जना भन्दा बढी मधेसी नेता मन्त्री भैसकेका छन के गरे मधेस र मधेसी जनताको लागि भन्दै रिजालले प्रश्न गर्नु भयो । उहाँले संविधान गिता महाभारत रामायण पुराण वाइवल नभएर औचित्य आवाश्यकताको आधारमा परिवर्तन हुदै जाने बताउनु भयो । मधेसबादी पार्टीले राखेका ऐजेण्डाहरु समानुपातिक समावेशी जुन आफ्नै पार्टीमा लागू गर्न रिजालले चूनौती दिनु भयो ।

नेपालको नंया नक्सालाई बैधानिकता दिने कूरालाई जनता समाजवादी पार्टीले शर्त राखेर संविधान संशोधनको विपक्षमा उभिन खोज्नुले के संकेत गर्छ ? भन्दै रिजालले प्रश्न उठाउनु भयो ।
कतिपय यि मधेसवादी दल समाजवादी र राजपाको माग मुलुकलाई बिभाजन र कमजोर बनाउन तिर लक्षित रहेको रिजालको तर्क थियो ।