मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुलाहादुलही सुरक्षित

२८ फाल्गुन २०७५, मंगलवार १७:५९

काठमाडौं, मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। दुलाहादुलही भने अर्को गाडीमा सवार भएकोले सुरक्षित भएको जानकारी प्राप्त भएको छ । २८ जना सवार गाडीमा २६ जना घाइते भएको प्रहरीले जनाएको छ।