भारतीय दूतावास अगाडिबाट कृष्ण पहाडी पक्राउ

३० बैशाख २०७७, मंगलवार १५:३०

काठमाडौं , लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट मानवधिकारकर्मी कृष्ण पहाडीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाली भूमिमा भएको भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गर्न पुगेका पहाडीसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। पहाडीसँगै अन्य अधिकारकर्मीहरु पनि पक्राउ परेका छन्। उनीहरुलाई भारतीय हस्तक्षेपविरूद्ध प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो।