भारतको र चिनको विवाद

२३ पुष २०७४, आईतवार १०:२९

पुस २३, काठमाडौं । (एजेन्सी)
चिनको विदेश मन्त्रालयकाप्रवक्ता गेंग सुआंगल भारतको अधीनमा रहेको अरुणाचल प्रदेशको अस्तित्वलाई स्वीकार नगरेको र उक्त भूभाग दक्षिण तिब्बतको हिस्सा भएको बताएका छन् । अरुणाचलमा चिनियाँ सैनिक प्रवेश गरेको पिषयमा उठेको विवादका क्रममा एक प्रश्नको जवाफमा उनले उक्त कुरा बताएका हुन् ।


चिनियाँ सैनिक अरुणाचल प्रदेशको सियांग जिल्लामा २ सय मिटरसम्म भित्र छिरेको थिए । भारत र चिनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)को ३ हजार ४ सय ८८ किलोमिटर सीमामा विवाद रहेको छ । निर्माण साधनसहित प्रवेश गर्न खोजेकोे चिनियाँ सैनिकलाई भारतीय सैनिकले रोकेको थियो ।