भारतको रेल पहिला आउँछ कि चीनको: यादव

१९ भाद्र २०७५, मंगलवार १६:११

 

१९ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले आज संसदमा भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बिमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए । लगतै सुरु भएको प्रश्न उत्तर कार्यक्रममा राजपाका सांसद यादवले भारत र चीन दुबैसँग रेल सम्झौता भएको भन्दै कुन पहिला काठमाडौं आइपुग्छ भनेर प्रश्न गरेका छन् ।