भाइटीका लगाउनेले फिरौती मागेपछि…

१८ भाद्र २०७६, बुधबार ०९:४७

काठमाडौं, काठमाडौंको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट पक्राउ गरेको हो ।

रेन्जुकलाई नाताले भाई पर्ने कँडेलले भदौ १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए ।

मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए ।

धम्की दिने सन्तोष उनकै आफन्त हुन् । धादिङको बेनीघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोषले रेन्जुको परिवारबारे सबै जानकारी राखेका थिए ।

पुरानो घर एकै ठाउँ भएकाले रेन्जुले सन्तोषलाई भाइटीकासमिेत लगाउने गरेकी थिइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।