बोलेरो गाडी दुर्घटना हुँदा ६ को मृत्यु

१० आश्विन २०७४, मंगलवार ०८:३३

काठमाडौं, १० असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ शिखर आम्बोटेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान करिब १०स्४५ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते बच्चालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बोलेरो गाडीमा सवार अन्य १० यात्रु सकशुल छ । मृतकको सनाखत हुन बाँकी छ । गाडीमा १७ जना सवार रहेका थिए ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ ।