बुटवललाई रोक्दै विराटनगरको पहिलो जित

१४ कार्तिक २०७५, बुधबार १७:०६

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ ।प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा १४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । बुटवलका लागि भीम सार्कीले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । बुटवलका लागि सागर पुनले २९ र शंकर रानाले २३ रन बनाएका थिए ।बलिङतर्फ कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २ २ विकेट लिए ।टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । विराटनगरका लागि मोहम्मद जाइद आलमले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदीप ऐरीले ४१ रन बनाए । आलम र ऐरीको उत्कृष्ट प्रदर्शनमा विराटनगरले सम्मानजनक स्कोर बनाएको थियो ।

शून्य रन हुदा पहिलो विकेट गुमाएको विराटनगर सुरुवाती समयमै दबाबमा आएको थियो । ३६ रन हुदा अर्को विकेटको रुपमा जितेन्द्रसिंह ठकुरीलाई गुमाएको विराटनगरले त्यसपछि भने सम्हालिएर खेलेको थियो ।बलिङतर्फ भने बुटवलका ललित भण्डारीले २ विकेट लिए । त्यस्तै, सामसद शेख, विपिन खत्री र सागर पुनले समान १(१ विकेट लिए ।लगातार ३ खेलमा हार ब्यहोर्दै २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको विराटनगरले आफ्नो चौथो खेलमा जित हात पारेको हो ।यसअघि विराटनगरले पहिलो खेलमा पोखरा पल्टनसँग ५८ रनको हार ब्यहोरेको थियो । दोस्रो खेलमा एक्स्पर्ट धनगढीसँग ७८ रनले हार ब्यहोरेको विराटनगरले तेस्रो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेटले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । बुटवलको भने यो पहिलो हार हो । यसअघि बुटवलले दुबै खेलमा जित हात पारेको थियो ।