बुटवलको कोरोना विशेष अस्पतालमा आइसीयू सेवा

३० चैत्र २०७६, आईतवार १८:२०

बुटवल , बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण गरेको कोरोना विशेष आइसोलेन अस्पतालमा भेन्टिलेटलरसहितको आइसीयू सेवा सुरु भएको छ ।

चारवटा भेन्टिलेटर र आठ वटा आइसियू बेड निर्माण भएका छन् । उक्त अस्पतलको आइतबार मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गर्नु भएको छ । त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालका बारेमा जानकारी गराउनु भयो ।

मुख्यमन्त्री पोखरेलसँगै पर्यटनमन्त्री लिला गिरी, सांसद दधिराम न्यौपाने, भूमिश्वर ढकाल, विष्णु पन्थी, दीपा बिश्वकर्मालगायतले निरीक्षण गर्नु भएको छ ।

यहाँका विभिन्न सामाजिक संघसंस्थाले अस्पताल निर्माणकार्यमा सहयोग र सहकार्य गरेको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिनु भयो ।