बिभिन्न जिल्लाका दर्जनौ पेशाकर्मीहरु नेपाली जनता दलमा प्रबेश

१३ माघ २०७५, आईतवार ११:४६

काठमाडौं , नेपाली जनता दलमा पार्टी प्रबेश गर्नेहरुको लहर चलेको छ । शनिवार विभिन्न पेशा गर्दै आएका बिभिन्न जिल्लाका दर्जनौ पेशाकर्मीहरु नेपाली जनता दलमा प्रबेश गरेका छन।

पार्टी प्रबेश गर्नेमा सुचनन्द चौधरी ,सङ्गिता परियार,उषा परियार,शोभा परियार,उषा सापकोटा,सुस्मिता सापकोटा ,हित बहादुर मगर,रबिन साह,पुरुषोतम न्यौपाने लगायत रहेका छन।पार्टी प्रबेश कार्यक्रममा पार्टी अध्यक्ष हरिचरण साह लगायत पार्टीका अन्य नेताहरु रघु परियार,बिपि लोहनी, रबिन्द्र खनाल,तेज नारायण चौधरी ,देव नन्द पासवान लगायतको उपस्तिथि रहेको थियो।कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष हरिचरण साहले मधेसी र पहाडी जुधाएरआफु सत्तामा जानलाई उपेन्द्रले जुन कार्य गरेको छ , त्यो मधेशको हितमा नभएको बताउनु भएको छ । नेपाली जनता दलले यसको सदैब बिरोध गर्ने समेत बताउनु भयो । कार्यक्रम बिपि लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो।