बालिका बलात्कार गर्ने व्यक्ति स्याङ्जाबाट पक्राउ

१५ भाद्र २०७७, सोमबार ०८:५७

पोखरा, पोखरामा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना पुरुष स्याङ्जाबाट पक्राउ परेका छन् ।

भदौ ११ गते पोखरा महानगरपालिका १० रामबजारमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

बालिकाका अभिभावकले आफ्नै छिमेकका पुरुषले यस्तो जघन्य अपराध गरेको उजुरी कास्की प्रहरीमा दिएपछि कास्की प्रहरीले गुपचुप रुपमा उनको खोजी गरिराखेको थियो ।

ती अभियुक्तलाई कास्की प्रहरीले आइतबार राति स्याङ्जाबाट पक्राउ गरी राति नै पोखरा ल्याइसकेको छ ।