बालिकाको शव फेला, पहिचान गर्न समस्या

१७ जेष्ठ २०७५, बिहीबार ०८:११

जेठ १७, काठमाडौं ।

धुर्कोट गाउँपालिका-७ मा एक बालिकाको शव फेला परेको छ ।

धुर्कोट- ७ वाग्लामा बालिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराकुमार द्धिबेदीले जानकारी दिए ।

अन्दाजी १२ वर्षीय बालिकाको शव सडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलार्इ खबर गरेको पुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक अशोक श्रीवास्तबले बताए ।

शव पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । सडेकोले शव पहिचान गर्न समस्या भएको प्रहरीले बताएको छ ।

घटनास्थल वरपरका सबैलार्इ खबर गरेपनी कसैले बालिका हराएको कुनै उजुरी पनि प्रहरी कहाँ नआएको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।