बालविवाहको आरोपमा २० वर्षिय व्यक्ति पक्राउ

२७ कार्तिक २०७६, बुधबार १३:०४

उदयपुर , कटारी नगरपालिका एक व्यक्ति बालविवाह गरेको आरोपमा पक्राउ परेका छन् । १४ वर्षिय किशोरीलाई ललाई फकाई विवाहका लागि भगाएको आरोपमा २० वर्षिय सरोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीका अनुसार किशोरीका आफन्तले बालविवाह गरेको किटानी जाहेरी दिएको आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताउनु भयो ।

केसीका अनुसार १० दिनअघि किशोरीलाई भगाएर विवाह गरेको गिरीमाथि आरोेप छ । मंगलबार गिरीलाई म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।