बार्सिलोनाले एइबरलाई ६–१ गोल अन्तरले हराए

४ आश्विन २०७४, बुधबार ०४:४३

असोज ४, काठमाडौं । लिओनल मेस्सीको चार गोलसँगै बार्सिलोनाले एइबरलाई हराएको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ ।

 

मंगलबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ गोल अन्तरले हराएको हो । नाउक्याम्पमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो ।  ५३ औं मिनेटमा डेनिस स्वरेजले गोल गरे । ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीले ३ मिनेटपछि ह्याट्रिक पुरा गरे ।

खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा मेस्सीले चौथो गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो । साथै मेस्सीले नाउ क्याम्पमा १३ वर्षमा ३०१ गोल गरेका छन् ।