बारामा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा, घरबाट निस्किन नपाइने

१८ श्रावण २०७७, आईतवार ०९:११

फाइल तस्बिर बाराको कलैया

काठमाडौं, छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण व्यापक बनेपछि बारामा स्थानीय प्रशासनले आज (आइतबार)बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ।

छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेकाले आज बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भएको छ ।

‘हामीले मानिसको आवतजावत र भिडभाड नहुने अपवादमा परेका केही गाउँपालिकाबाहेक अन्य सबै स्थानमा निषेधाज्ञा लागू गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भन्नु भयो ।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी पण्डिका अनुसार पर्सा र बारा दुइटा जिल्ला भए पनि एउटैजस्तो छ।

‘पर्साका ९० प्रतिशत मानिस बारामा जागिर गर्छन्,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भन्नु भयो , ‘व्यापार व्यवसायका लागि पनि बाराका मानिस पर्सा जान्छन् भने पर्साका मानिस बारा जान्छन्, दुई जिल्लाबीच घनिष्ठ सम्बन्ध छ।’

बारामा निषेधाज्ञाबारे विस्तृत जानकारी यो विज्ञप्तिमा