बारामा एकै परिवारका ५ जना मृत फेला

१६ आश्विन २०७६, बिहीबार १०:३७

बारा , बारामा एकैघरका पाँचजनाको खाली घरको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो।


ट्याङकीमा ४० वर्षीय जोगा मुखिया, जोगाका भाई ३० वर्षिय महिन्दर मुखिया र जोगाका श्रीमती २९ वर्षिया लालमति देवी र छोरी १२ वर्षिय सुमनी कुमारी र एक जना नाम नखुलेका जोगामा ससुरा भारतीय नागरिकको भेटिएको हो । मृत्युको कारण बारे स्पष्ट नभए पनि सेप्टी ट्याङ्कि भित्र पाँचै जना मृत अवस्थामा फेला परेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र गाउँ पालिका प्रमुख ममिरीप्रसाद साहले घटनाको पुष्टि गरे ।