बलात्कारको आरोपमा ‘सिद्धबाबा’ पक्राउ

१३ मंसिर २०७६, शुक्रबार १६:०१

सुनसरी , बलात्कारको आरोपमा चतराका सिद्धबाबा भनिने कृष्णदास गिरी पक्राउ परेका छन । सिद्धबाबालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक भने गरेको छैन । तर प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी नियन्त्रणमा भएको बताएका छन् ।

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।