‘बर्तमान सरकार समाजवादी नभएर बिकृत पुजीवादी हो’ : नेता सिपी गजुरेल

२८ जेष्ठ २०७५, सोमबार ०७:०२

जेठ २८, काठमाडौं ।

हिजो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सयुक्त ८ विद्यार्थी संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ८ दलका नेताहरु एउटै मंचबाट आआफ्ना धारणा राखे ।

उक्त कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेल, नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराती, नेकपा (बिप्लब) का जनसरकार प्रमुख सन्तोष बुढा मगर, राजपाका अध्यक्ष राजकिशोर यादव,नेकपा माले का नेता कुमार बेलबासे, राष्ट्रवादी नेपालका चन्द्रबहादुर थापा र ८ विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले मन्तव्य राखेका थिए ।

आफ्नो मन्तव्यमा बर्तमान सरकारलाई बाघको खोल अाेढेकाे नक्कली कम्युनिस्ट भएको कुरा पुर्ब प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले बताए । त्यसैगरि नेता सिपी गजुरेलले बर्तमान सरकार समाजवादी नभएर बिकृत पुजीवादी भएको र अब केहि बर्ष भित्र नै यसको अस्तित्व समाप्त भएर जाने कुरा व्यक्त गरे ।

त्यसै गरि सयुक्त विद्यार्थी संगठनका तर्फबाट क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बर्तमान सरकारले शिक्षा र स्वास्थको चिर हरण गर्न लागेको हुनाले ८ अाेटै दल मिलेर सदन र सडक दुबै ठाउँबाट लड्नु पर्नेमा जोड दिए ।