बजारमा कालो बजारीको बिगबिगि

२१ आश्विन २०७७, बुधबार ०८:३९

डा डीआर उपाध्याय,

काठमाडौंमा केहि व्यापारीहरूले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै म्याद सकिएका अखाद्य वस्तुहरूमा नयाँ म्याद राख्दै बिक्रीविक्रतरण गरेको समाचार बाहिर आएको छ । काठमाडौंका विभिन्न स्थानबाट प्रहरी प्रशासनले त्यसरी म्याद गुज्रिएका बिस्कुट, हर्लिस, चकलेट, जुसलगायतका वस्तु बरामद गरेको छ । उनीहरुले कोरोना भाइरस संक्रमणको मौका छोपेर मानवको स्वास्थ्य माथि गम्भीर खेलबाड गरेका छन । यो ठूलो अपराध हो । त्यस्ता व्यापारीहरूलाई कडा भन्दा कडा कारवाही हुनु पर्छ । आम उपभोक्ता माथि यसरी खेलवाड गर्न मिल्दैन । यस बिषयमा सरकारले कडा कदम चाल्नु पर्ने आबश्यकता देखिएको छ । त्यस्ता केहि व्यापारीहरू पक्राउ परेको हल्ला पनि सुनिन्छ । तर त्यस्ता व्यापारीहरू अझै लुकी छिपी यो धन्दामा लागेको हुनु पर्छ । अव सरकारले त्यस्ता व्यापारीहरू खोजी गर्नु पर्छ ।

नेपालको संविधानमा हरेक नागरिक स्वस्थ भएर बाच्न पाउनुपर्ने अधिकारको सुनिश्चित गरिएको छ । तर, बजारमा म्याद नाघेका अखाद्य वस्तुहरूको बिक्रीवितरणले नागरिकको स्वस्थ भएर बाँच्न पाउने संवैधानिक हकमाथि नै प्रश्न चिन्ह खडा भएको छ । यो गम्भिर कुरा हो । अव खोजी खोजी सरकारले अखाद्य वस्तु नष्ट गर्नु पर्छ । यदि सरकारले अखाद्य वस्तु नष्ट गर्न सकेन भने धेरै उपभोक्ताको ज्यान अकालमा जान सक्ने खतरा उत्पन्न भएको छ। त्यसैले, त्यस्तो अवस्था आउन नदिन अखाद्य वस्तुलाई नष्ट गर्नु पर्छ । यो सरकारको कर्तव्य हो ।
आम उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिनुहँुदैन । यति बेला कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा छ । हरेक व्यक्ति कोरोनासँग लडिरहेका छन । सडेगलेका अखाद्य वस्तुको सेवनले क्यान्सर, मुटु रोगजस्ता घातक रोगसमेत लाग्न सक्ने त्रास आम उपभोक्तामा बढेर गएको छ । सरकारी निकायले अखाद्य वस्तु बिक्रीवितरण गर्दै हिँड्ने कालो बजारीलाई अब कडा कारबाही गर्नु पर्छ । दशै तिहार नजिकिदै गर्दा कालो बजारीको बिगबिगि बढदै गएको छ । बजार अनुगमनलाई सरकारले तिव्रता दिनु पर्ने आबश्यकता देखिएको छ । बजार अनुगमन मेला पर्वमा मात्र होईन , बारम्वार जारी राख्नु पर्छ । त्यसो भयो भने मात्र आम उपभोक्ता सुरक्षित हुन सक्छन ।