फोर्ब्स पत्रिका भन्छ: अमिताभ भन्दा शाहरुख धनि

२ पुष २०७४, आईतवार ०५:४९

पुस २, मंसिर ।

फोर्ब्स म्यागिजीनले विश्वका सवैभन्दा धनि १० अभिनेताको नाम सार्वजनिक गर्ने क्रममा भारतका सुपरस्टार साहरुख खान र अमिताभ बच्चनको नाम पनि परेको छ ।

 

अमिताभको तुलनामा शाहरुख खान धनि अभिनेताको रुपमा रहेको फोर्ब्स म्यागजिनले देखाएको छ । सूचीमा अमिताभ भने विश्वकै चौथो धनिको सूचिमा रहँदा शाहरुख खान तेश्रो धनि अभिनेताको रुपमा रहेका छन् ।


अमिताभ बच्चन प्लेव्याक सिंगरका साथै कार्यक्रम प्रस्तोता पनि हुन् । उनले चलाउने गरेको कौन बनेगा करोडपति नामक कार्यक्रम चर्चित टेलिभिजन रियालीटी सो पनि हो । शताव्दीकै उत्कृष्ट अभिनेताको स्थान बनाउन सफल बच्चनसंग ५ सय मिलीयन डलर अर्थात ५१ अर्व रुपैयाँ बराबरको सम्पति रहेको फोर्ब्सको दावी छ । त्यसैगरि बलिउड चलचित्र जगतमा किङ खानको उपमा पाएका शाहरुखसंग अमिताभको भन्दा धेरै सम्पति रहेको जनाएको छ । उनीसँग ६ सय मिलियन डलर अर्थात ६१ अर्ब रुपैयाँ भन्दा ज्यादा सम्पति रहेको फोर्ब्सले हालै सार्वजनिक गरेको सूचिमा रहेको छ । फिल्म निर्माताका साथै कार्यक्रम प्रस्तोत समेत रहेका शाहरुखको संलग्नता भारतीय क्रिकेट कल्व संग पनि छ । अमिताभका सुपुत्र अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय पनि भारतीय चलचीत्र जगतका नाम कमाउन सफल कलाकार हुन।