फेब्रिग्यासको विश्व कीर्तिमान

१ कार्तिक २०७५, बिहीबार ०९:२५

 

इंग्लिस क्लब चेल्सीका मिडफिल्डर सेस फेब्रिग्यासले गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा दोस्रो पटक नाम दर्ता गराएका छन्। स्पेनिस मिडफिल्डर फेब्रिग्यासले कम खेलमा सर्वाधिक असिस्ट उपलब्ध गराउने खेलाडीको कीर्तिमान बनाउँदै विश्व रेकर्ड कायम गरेका हुन्। फेब्रिग्यासले प्रिमियर लिगको ७४ खेलमा १०० असिस्ट गर्दै गिनिज बुकमा नाम लेखाएका हुन्।

फेब्रिग्यासले म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रायन गिग्सलाई पछि पार्दै यो कीर्तिमान आफ्नो नाममा पार्न सफल भए। गिनिज बुकमा नाम लेखाएपछि फेब्रिग्यासले यो आफ्ना लागि सबैभन्दा गर्वको क्षण रहेको बताए। यो कीर्तिमान मेरो करियरको प्रतिष्ठित र गौरन्वित कार्यमध्ये एक हो। किनभने यो मेरो काम हो र मैले आफ्नो कामबाट कीर्तिमान कायम गर्न सफल भएँ।’ फेब्रिग्यासले दोस्रो पटक गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन्। यसअघि फेब्रिग्यासले ३० सेकेण्डमा सबैभन्दा धेरै पास उपलब्ध गराउनेको रेकर्ड बनाएका थिए।