फिल्म ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुँदै

७ माघ २०७७, बुधबार १४:१८

आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको हो । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताए ।

एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।