फागुन ४ गतेदेखि काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत हुँदै

२२ माघ २०७५, मंगलवार १७:३८

काठमाडौँ,   गोलढुङ्गा खेलकुद समाजले खेलकुद रङ्गशाला निर्माणको सहयोगार्थ यही फागुन ४ गतेदेखि काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तर उन्नतिका लागि आयोजना गर्न लागिएको हो ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ आयोजक समितिले उक्त रङ्गशालाको स्तरोन्नतीका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको बताएको छ । समतिका अध्यक्ष अर्यालले महायज्ञबाट रंगशालाको न्यूनतम पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ संकलन गर्ने उद्देश्य रहेको  बताउनु भयो ।पत्रकार सम्मेलनमा बोल्दै श्रीमदभागवत महायज्ञका प्रमुख वाचक पण्डित शिरमणि दिनबन्दु पोखरेलले हालसम्म आफूले सामाजिक कामको लागि ६ सय भन्दा बढि भागवत बाचन गरेको बताउँदै खेलकुदको विकासका लागि भने आफ्नो यो पहिलो महायज्ञ भएको बताउनु भयो ।   आध्यात्मिक माध्ययमबाट समाजमा जागरण ल्याई वेद र बुद्धका गहन वाणी मार्फत समाज रुपान्तरणका लागि यस्ता महायज्ञ फलदायी हुने बताउनु भयो ।  सम्मेलनमा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का संघीय सांसद रामविर मानन्धरले तयारी अवस्थामा रहेको यस रङ्गशालाको स्तर उन्नतिका लागि सरकारले खासै ध्यान नदिएको बताउनु भयो ।