प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

१५ कार्तिक २०७५, बिहीबार ११:४९

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण आएको तथा रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीले सामान्य हिँडडुल गर्न र सामान्य खाना खान थालेका छन । उपचारका क्रममा नसाबाट दिइएका औषधी आजदेखि मुखबाट खुवाइने पनि डाक्टर सायमीले बताए ।

श्वासप्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री ओली गएको सोमबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन ।