प्रदेश ५ समृद्ध बन्ने छः मुख्यमन्त्री पोखरेल

२५ माघ २०७५, शुक्रबार १४:२३

बुटवल , प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय प्रणाली स्थापित गरेर मुलुकलाई समृद्ध बनाउने बताउनु भएको छ ।संघीयता लागू भएपछि मुलुकको विकास तिब्र गतिमा भएको दावी गर्दै उहाँले मुलुकको कुल ग्राहस्र्थ उत्पादन अझै बढ्ने दावी गर्नु भयो । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको प्रथम स्थापना दिवस तथा स्मारिका बिमोचन कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । यसैबर्षदेखि स्थापित रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका प्रदेश ५ ब्युरो प्रमुख दामोदर खनाललाई प्रदान गरिएको छ ।खनालले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनु भयो । सो अबसरमा सुशासन र विकास समृद्धिका आधार नामक स्मारिकाको समेत बिमोचन गरिएको छ ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ‘भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएपछि प्रदेशमा पर्यटनको विकास तीब्र हुने बताउनु भयो । केन्द्र सरकारको पहलले मात्र यी सबै काम नहुने भन्दै उहाँले प्रदेश सरकार पनि भएकाले धेरै विकासका काम अघि बढेको जिकिर गर्नु भयो । प्रदेश ५ समृद्ध बन्ने र नुमना बन्नेमा आफु ढुक्क रहेको उहाँको भनाइ छ । प्रदेशमा एकैचोटी रुपन्देही,दाङ र बाँकेमा गरी तीनवटा नया औद्योगिक क्षेत्र बनाउने काम शुरु भएको पोखरेलको भनाइ छ ।