प्रदेश नम्बर ५ को सम्पर्क समिति यूएईमा पनि

२८ माघ २०७४, आईतवार ०९:४१

माघ २८, काठमाडौं ।

नेपालको संघीय स्वरुपलाई आधार मान्दै प्रवासका जिल्लास्तरीय सामाजिक संस्था प्रदेश स्तरमा संगठित हुन थालेका छन् ।

दुई साताअघि तीन नम्बर प्रदेशको समिति गठन भएलगत्तै ५ नम्बर प्रदेशमा जन्मथलो भएका प्रदेशवासीले यूएईमा ‘प्रदेश नम्बर ५ सम्पर्क समिति’ गठन गरेका छन्।


यसै सेरोफेरोमा ४ नम्बर प्रदेशका नेपालीहरु पनि नेपालको संघात्मक प्रणाली अनुरुप नयाँ समाज गठन गर्ने तयारी गरिरहेका छन् ।

विदेशमा रहदा सिकेका सीप र कलालाई आफ्नो जन्मथलोको उन्नतिका लागि लगाउने र प्रदेश ५ लाई समुन्नत प्रदेश बन्न सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थामा १७ सदस्यीय कार्य समिति रहेको छ ।

प्रदेश नम्बर ५ अन्तर्गत १२ जिल्लाका प्रतिनिधिको भेलाले प्रदेश नम्बर ५ सम्पर्क समिति यूएई गठन गरिएको हो । यो सम्पर्क समितिको अध्यक्ष्यमा अर्घाखाँचीका राजु खड्का, बरिष्ठ उपाध्यक्षमा दाङका नरेश सेन, उपाध्यक्षमा रुपन्देहीका तारा मल्ल र रोल्पाका डिलाराम वली, महासचिबमा गुल्मीका खगेन्द्र पराजुली, सचिवमा रुपन्देहीका भिम के.सी, कोषाध्यक्ष दाङका विस्वदेब शाह, सहकोषाध्यक्षमा कपिलबस्तुका शुस्मा खरेल र प्रवक्ता रोल्पाका कुमार के.सी. रहेका छन् ।

त्यसैगरी सदस्यमा रोल्पाका वीरबहादुर घर्तीमगर, रुकुमका कैलाश खाम मगर, अर्घाखाँचीकी चन्द्रकला घिमिरे, रोल्पाका कृतिमान पुन मगर, प्युठानका नारायण आचार्य, बर्दियाका दुर्गाप्रसाद पौडेल, गुल्मीका जीवनसिंह ठकुरी रहेका छन् ।