प्रदेश नं. २ लाई सहायता घोषणा गरे मोदीले

२८ बैशाख २०७५, शुक्रबार ०९:०१

वैशाख २८, काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् ।


आज जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।

साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए ।