प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या

८ मंसिर २०७५, शनिबार ०९:३६

कपिलवस्तु । कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको स्रोतले बताएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी राजा बाबुको हत्या भएको हो ।

उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं। १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको खवर प्राप्त भएको छ ।