प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतपरिणाम सार्वजनिक

२५ मंसिर २०७४, सोमबार ०२:११

मंसिर २५, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।


घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७१ स्थानमा जित हासिल गरेको छ ।  त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३० स्थानमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले १७ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ७ र संघीय समाजवादी फोरमले ६ स्थानमा जितेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका उम्मेदवार एक÷एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।