प्रज्ञा प्रतिष्ठानको कुलपतिमा फेरि गंगाप्रसाद उप्रेती

२१ आश्विन २०७५, आईतवार १७:३५

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा गंगाप्रसाद उप्रेतीलाई नियुक्त गर्नु भएको छ ।

यसअघि पनि कुलपति रहनु भएका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त हुनु् भएको हो । प्रधानमन्त्री ओलीले कुलपति डा।उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गर्नु भएको छ । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनु भयो ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताउनु भयो । ।

उहाले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने धारणा राख्नु भयो । ‘साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो’ उहाँले भन्नु भयो ।