प्याराग्लाइडिङ विश्वकप आजदेखि

१५ कार्तिक २०७५, बिहीबार ०८:२७

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप आजदेखि सुरू हुँदैछ ।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १८ गतेसम्म हुनेछ । स्याङजालाई प्याराग्लाइडिङको ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गर्न नेपालमा पहिलो पटक यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा प्याराग्लाइडर्सहरुले समुद्र सतहदेखि १६०० मिटरबाट जम्प गर्नेछन् भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन् ।पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, कोरिया, जर्मनी, चीन, नेदरल्याण्ड, यूएई, अमेरिका, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरान, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्टको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिदेशी र स्वदेशी सहित १ सय जना भन्दा बढी खेलाडीको सहभागिता हुनेछ ।प्रतियोगिताको विजयी टिमले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।