पोखरामा उत्कृष्ट दश जना कृषक नगदसहित पुरस्कृत

७ असार २०७६, शनिबार १७:३१

कास्की, पोखरा महानगरपालिकाको वडा नं १३ ले दश जना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । वडामा कृषि उत्पादनका माध्यमबाट योगदान दिने उत्कृष्ट १० कृषकलाई सम्मान गरिएको हो ।

जनही रु १० हजारसहित पुरस्कृत हुने कृषकमा पूर्णकुमारी गुरुङ, धुर्व बराल, बुद्धिबहादुर विक, कमला गुरुङ, फूलमाया गुरुङ, गीता पहाडी, सीता ढुङ्गाना सिग्देल, भोजराज बराल, षडानन्द बराल र बद्री देवकोटा छन् । त्यसैगरी आर्वा विजयमा रहेको स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका खम्वासिंह गुरुङलाई पनि सम्मान गरिएको थियो ।