पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२२ माघ २०७५, मंगलवार १२:२२

काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी भएको ठहरसहित अख्तियारले मुदा दायर गरेको हो ।तत्कालिन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता लगायतको उपस्थितिमा २० भदौ २०६९ मो रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय भएको थियो ।