पूर्वमन्त्री गुप्तालाई १० वर्ष कैद सजायको फैसला

१३ भाद्र २०७६, शुक्रबार ११:५८

काठमाडौं, पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । कैद सजाय पाउनेमा गुप्तासँगै पाँच जना रहेका छन् । उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा गुप्तासहित ५ जनालाई दोषी ठहर गरेको हो ।

जेल सजाय पाउनेमा गुप्तासँगै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डे रहेका छन् । उनीहरु सबैलाई जनही १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला समेत अदालतले सुनाएको छ ।