पूर्वप्रधानमन्त्रीहरु छलफलका लागी बालुवाटारमा

२३ आश्विन २०७६, बिहीबार १२:१८

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा उठाउने एजेण्डाको विषयमा सरोकारवालासँग छलफल गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलेपूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्नु भएको हो ।

चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउनको लागि आवश्‍य एजेण्डामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीबाट सुझाव माग गर्नु भएको छ । छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, खिलराज रेग्मीलगायतको सहभागिता रहेको छ।