पाकिस्तानसँग भारतभन्दा बढी आणविक हतियार, सबैभन्दा धेरै कुन देशसँग ?

५ असार २०७५, मंगलवार ०७:२७

असार ५, काठमाडौं । एजेन्सी

स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तानसँग भारतभन्दा बढी आणविक हतियार रहेको देखिएको छ । उता चीनसँग भने भारतको भन्दा दुईगुणा बढी हतियार छ ।

भारतीय सुरक्षा विशेषज्ञहरू भारतको आणविक हतियार प्रतिरोधक क्षमता बढी रहेको दाबी गर्छन् ।

 

निगरानी क्षमता र प्रत्याक्रमण गर्ने मामिलामा पनि भारतकै आणविक हतियार उम्दा रहेको उनीहरूको भनाइ छ । भारतले यसको आधुनिकीकरणको काम पनि गरिरहेको छ ।

 

रिपोर्टअनुसार, पाकिस्तानसँग कुल १४० देखि १५० आणविजक हतियार छन् भने चीनसँग २८० यस्ता हतियार छन् । भारतसँग चाहिँ १३० देखि १४० आणविक हतियार छन् ।

 

आणविक हतियार धेर हुने देशमा पहिलो रुस अनि दोस्रो अमेरिका हो ।