पाँच वर्षमा ३५ हजार स्वयंमसेवी पत्रकार तयार पार्ने घोषणा

१६ जेष्ठ २०७५, बुधबार ०९:४२

जेठ १६, काठमााडौं ।

सामुदायिक सूचना नेटवर्क (सीअार्इएन) ले पाँच वर्षमा ३५ हजार स्वयंमसेवी पत्रकार तयार पार्ने घोषणा गरेको छ ।

वाषिर्कोत्सवको अवसरमा आयोजित सामुदायिक रेडियोमा स्वयंमसेवी सामुदायिक पत्रकारिता सम्मेलनबाट देशभरका सामुदायिक रेडियोबाट स्वयंमसेवी पत्रकार तयार पार्ने घोषणा गरेको हो ।

पाँच वर्षमा ३५ हजार स्वयंमसेवी पत्रकार तयार पार्न एउटा रेडियोले एक सय जना स्वयंमसेवी पत्रकार तयार पार्ने प्रतिबद्धतासमेत सम्मेलनबाट गरिएको छ ।

सामुदायिक रेडियोहरुमा समुदायको अपनत्व बढाउन र समुदायका सवाल एवंम विषयबस्तुलाई प्राथमिकता दिन स्वयंसेवी पत्रकारिताको अभ्यास अभिबृद्धि गर्ने सम्मेलनबाट प्रतिबद्धता समेत गरिएको छ ।

पाँच बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकिएको सम्मेलनले स्थानीय, प्रदेश र केन्द्र सरकारसहित सरोकारवालालाई सामुदायिक रेडियोहरुसँग सहकार्य गर्न आव्हानसमेत गरेको छ ।

सम्मेलनले समाजमा विद्यमान विसंगती, विकृति, कुरीति, कुसंस्कारसँगै जातीय, लैङ्गिक, धार्मिक विभेदको अन्त्यका लागि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरी सामाजिक न्यायसहितको समाज निर्माणमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।