पपुवा न्यूगिनीविरुद्ध सन्दिपले एक्लैले लिए ४ विकेट

१ चैत्र २०७४, बिहीबार ०९:०९

चैत १, काठमाडौं ।

विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीमाथि नेपाली बलरहरुले हावी भएका छन् ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले छैटौं विकेट गुमाएको छ र मात्र ८८ रन बनाएको छ ।

नेपालका सन्दिप लामिछानले एक्लैले चार विकेट लिएका छन् । सोमपाल कामी र करण केसीले एकएक विकेट लिएका छन् ।